रुपन्देहीमा टिपरको ठक्करबाट ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु

समाचार

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट पैदलयात्री ३८ वर्षीय दयाराम मल्लाह सहनीको ज्यान गएको हो ।शनिबार बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका सहनीको मृत्यु भएको छ। प्रहरीका अनुसार सहनीको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

अन्य समाचार:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयद्वारा कोभिड सम्वन्धमा जानकारी दिन आयोजित नियमित टिलिभिजन ब्रिफिङका क्रममा पनि स्वास्थ्य मन्त्री त्रिपाठीले खोप सुविधाको उपभोग गर्न सबैलाई अपिल गर्नुभयो । साथै उहाँले सबै नागिकहरुलाई खोप सुविधा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको भन्दै बाँकी खोप पनि छिट्टै ल्याउने बताउनुभयो ।सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *